५०% गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित झन्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ । सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो ।

प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागको संयुक्त टोलीले उपत्यकामा सञ्चालित सवारी साधनको प्रदूषण जाँच गरेको थियो । दुई सय ९४ गाडीको प्रदूषण जाँच गर्दा १ सय ३४ वटा मापदण्डभित्र परेनन् । टोलीले पुस १३, १४, १५ र १८ गते भद्रकाली, कमलपोखरी, दरबारमार्ग, नक्साललगायत स्थानमा सवारी साधनको छड्के प्रदूषण जाँच गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार