प्रदेश ३ को राजधानी काभ्रे माग


बनेपा । प्रदेश नं ३ को राजधानी काभ्रे जिल्लामा हुनुपर्नेमा विभिन्न राजनीतिक दल, नवनिर्वाचित संघीय सांसद, प्रदेश सांसदहरू, सरकारी निकाय र सरोकारवालाले जोड दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

उपत्यकामा संघीय राजधानी रहने भएपछि प्रदेश राजधानीका लागि उपत्यकाबाहिरको सबैभन्दा उपयुक्त स्थान काभ्रे जिल्ला नै हुन्छ । हामीहरूको यसैमा विशेष जोड रहेको छ,’ काभ्रे क्षेत्र नं २ का सांसद गोकुलप्रसाद बाँस्कोटाले भने ।

राज्य पुनर्संरचनाकै क्रममा काभ्रेलाई ३ नं प्रदेशको राजधानी बनाउनुपर्नेमा काभ्रेमा एमालेसहितका अन्य राजनीतिक दलले एउटै माग राख्दै आएको उनको भनाइ छ । ‘दुई ठूला राजमार्गले जोडेको, उपत्यकासँग जोडिएको र विगतमै सहरी विकास मन्त्रालयले स्याटेलाइट सिटीका रूपमा घोषणा गरिसकेबाट समेत प्रदेश राजधानीका लागि काभ्रे सबैभन्दा उपयुक्त हो,’ बाँस्कोटाले दाबी गरे ।
आजको नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार