पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले पेट्रोलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले पटकपटक डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रोसँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको बताए ।

गएरातिदेखि लागू गरिएको पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धिले जनताको दैनिकीलाई झन कष्टकर बनाएको हुँदा मोर्चाले यसको भत्र्सना गर्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार