काठमाड वनअप प्रालिले यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना गर्ने भएको छ । वन अपले “मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४” को औपचारिक घोषणा गरेको छ ।
नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रयाप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो ।
काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा नोबेम्बर १० र ११ (कार्तिक २४ र २५) मा यो मेला आयोजना हुनेछ ।
नेपालका उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सLहरु सहभागी हुने यो मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त रहेको कम्पनीले जनाएको छ ।
यो मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्तगर्ने टिप्स तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ ।