सोल्टा सोल्टीको प्रेमकथामा ‘ए सोल्टिनी’

काठमाडौं । सोल्टा सोल्टीको प्रेमकथामा बनेको फिल्म ‘ए सोल्टिनी’ को ट्रेलर र फष्टलुक सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा फस्र्टलुक, गीत र ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मलाई निमा लामा तामाङ निर्देशिन गरेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको यो फिल्मलाई जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

निर्माता दिलकुमारले फिल्मलाई विभिन्न देशमा विशेष सो गरे पछि मात्र नेपालमा प्रदर्शन गर्ने बताए । तामाङ भाषाका भन्डै दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली फिल्म हो । उनले यो फिल्मबाहेक ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ फिल्म निर्देशन गरिसकेका छन् ।

उनले कमेडी फ्लेबरमा प्रेम कथा पस्किएको बताए ।
अभिनेता सविन श्रेष्ठले फिल्मको कथामा नयाँपन रहेको बताए । ‘फिल्मको स्क्रिप्ट मन प¥यो । नयाँ टिमसँग काम गर्दाका अनुभव रोचक थियो । मेरो चरित्र दर्शकले मन पराउनेमा विश्वस्त छु,’ उनले भने ।

फिल्ममा सविन श्रेष्ठसँगै, अर्जुन गुरुङ, जयनन्द लामा, मञ्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार