एमालेसँग एकताको प्रस्ताव तयार गर्न आज माओवादी वैठक

काठमाडौं । माओवादी केन्द्रको केन्द्रिय कार्यालय बैठक आज बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो । दिउसो अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी बैठक बस्न लागेको हो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार