बाँदर भनेर हानेको गोली मान्छेलाई लागेपछि ठहरै मृत्यु


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भरुवा बन्दुकको गोली लागेर स्थानीय ६२ वर्षीय धन बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय बल बहादुर लम्तरीले बाँदर ठानेर हानेको भरुवा बन्दुकको गोली थापालाई लागेको थियो । गोली लागेका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने लम्तरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बाँदर ठानेर थापालाई गोली प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार