शिखर सुजको ‘क्रेज’: सस्तोमा पाएपछि भृकुटीमण्डपमा ओइरिए उपभोक्ता

काठमाडौं । स्वदेशी जुत्ता/चप्पल उत्पादक कम्पनी शिखर सुजले काठमाडौंको भृकुटीमण्डपमा गरिरहेको क्रेजी मेलामा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ । कम मूल्यमै गुणस्तरीय जुत्ता/चप्पल पाएपछि उपभोक्ताहरुको आकर्षण उच्च हुँदा कम्पनीको अपेक्षाभन्दा बढी ग्राहक मेलामा आइपुगेका छन् ।

जसले कम्पनीलाई उत्साहित गराएको बताउँछन् , शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईं । उनकाअनुसार मेलामा जुत्ता चप्पल किन्दा भारी छुट दिइएको छ । कम मूल्यमा मूल्यमा सबै वर्गका ग्राहकलाई जुत्ता, चप्पल पाइने भएपछि उपभोक्ताको ओइरो लागेको हो ।

मेलामा हजारौं बढी जुत्ताचप्पल बिक्री भइरहेको कम्पनीले जनाएको छ । क्रेजी मेलमा उपभोक्ताको ‘क्रेज’ देखेपछि कम्पनी पनि उत्साहित छ ।

‘मेलामा उपभोक्ताको उत्साहजनक भीडले हामीलाई ऊर्जा मिलेको छ’ प्रसाईंले भने, ‘शिखर सुजले सकै किसिमका उपयुक्त जुत्ता, चप्पल भृकुटीमण्डपमा राखेको छ । भारी छुट पनि दिएका छौं ।’

एकपटक आएर खरिद गरेकाहरुले अन्य साथीलाई पनि जुत्ता किन्न ल्याएका कारण नै मेलामा अत्यधिक भीड देखिएएको कम्पनीले बताएको छ । ‘माउथ पब्लिसिटी’ कारण ग्राहकलाई दिएको सुविधा बारे सर्वत्र चर्चा भएका कारण मेला सबैका लागि उपयुक्त अवसरका रुपमा प्रस्तुत भएको प्रवन्ध निर्देशक प्रसाईं बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार