पाकिस्तानले धोका दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अमेरिकालाई धोका दिएको आरोप लगाएका छन् । ट्रम्पले ट्वीटमार्फत गएको १५ वर्षको अवधिमा पाकिस्तानलाई अमेरिकाले अर्बौं डलरको सहायता दिएको तर उसले अमेरिकालाई धोका मात्र दिएको आरोप लगाएका हुन् । ट्रम्पले अमेरिकी नागरिककोतर्पmबाट पाकिस्तानलाई आर्थिक सहायता दिनु मुर्खतापूर्ण निर्णय रहेको बताएका छन् । १५ वर्षमा अमेरिकाले पाकिस्तानलाई ३३ अर्ब डलर भन्दा बढी आर्थिक सहायता दिएको तर पाकिस्तानले त्यसको बदलामा धोका, झुठ र छल बाहेक केही नदिएको ट्रम्पले ट्वीटमा लेखेका छन् । पाकिस्तानले अफगानिस्तानका आतंकवादीलाई आश्रय दिएको पनि ट्रम्पले आरोप लगाएका छन् । ट्रम्पले अमेरिकाले अफगानिस्तानमा खोजिरहेका आतंकवादीलाई पाकिस्तानले आश्रय दिइरहेको आरोप पनि लगाएका छन् । ट्रम्पको ट्वीटको पाकिस्तानले आक्रोशित रुपमा प्रतिक्रिया दिएको छ । पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले लेखेको ट्वीटमा चाँडै नै ट्रम्पको ट्वीटको जवाफ दिने उल्लेख गरेका छन् । आसिफले पाकिस्तानले विश्वलाई साँचो कुरा बताइदिने तथा तथ्य र कल्पनाबिचको फरक पनि बाहिर ल्याउने ट्वीटमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार