राप्रपाको बैठक भोलि बस्ने


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक यही पुस १९, २० र २१ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्ने राप्रपाले जनाएको छ । त्यसैगरी, बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्ने कार्यसूची छ । यो खबर गोरखापत्रमा छापिएको छ ।

बैठकमा महामन्त्री जयन्त चन्दको सचिवालयसम्बन्धी, कोषाध्यक्ष उद्धव पौडेलको आर्थिक प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार