पोखरा । माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित पार्वती गुरुङको घरमा आज आगलागी हुँदा रु २९ लाख ३६ हजार मूल्य बराबरका धनमाल क्षति भएको छ ।
आगलागीबाट दुई तले कच्ची घर, भाँडाकुँडा, लत्ता कपडा, खाद्यान्न, गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खाना पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको बताइएको छ ।