गौरी र ध्रुवलाई रेडियो पत्रकारिता सम्मान


ललितपुर । रेडियो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा नेपालको पहिलो व्यवसायिक एफएम क्लासिक एफएमले पुराना एवम् वरिष्ठ पत्रकारद्वय गौरी केसी र धुव्र थापालाई राकेश लामिछाने स्मृति रेडियो पत्रकारिता सम्मान २०७४ बाट सम्मानित गरेको छ । क्लासिक एफएमले आफ्नो २२ औ वार्षिक उत्सवको अवसरमा केसी र थापालाई सम्मान गरेको हो ।

क्लासिक एफएमका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय राकेश लामिछानेको सम्झनामा यो पत्रकारिता सम्मान स्थापना गरिएको हो । स्व.लामिछानेको स्मृतिमा अब प्रत्येक वर्ष उक्त सम्मान रेडियो पत्रकारितामा योगदान पुर्याउने दुईजना व्यक्तित्वलाई प्रदान गरिने क्लासिक एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले बताइन् ।

ललितपुरमा आयोजित एक समारोहमा गौरी केसी र धुर्व थापालाई उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले सम्मानपत्र तथा नगद पन्ध्र हजार पाँच सय पचपन्न रुपैयाँसहित सम्मान गरे ।

एफएमको २२ औ वार्षिकोत्सव तथा सम्मान समारोहमा उपप्रधानमन्त्री थापाले सूचना सम्प्रेषण र मनोरञ्जनका लागि एफएम रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा क्लासिक एफएमको भूमिकाको प्रशंसा गरे ।

सम्मानित व्यक्तिद्धय केसी र थापाले क्लासिक एफएमले सुरुवात गरेको यो पत्रकारिता सम्मानले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रममा एफएमका तर्फवाट संगीत रोयल्टी संकलन समाजलाई नगद पन्ध्र हजार रुपैयाँ रोयल्टी रकम समेत हस्तान्तरण गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार