भारतसँग जोडिएको पाँचथर सिमामा चोरी निकासी बढ्यो

पाँचथर । पुर्वी नेपालाको पाँचथर लगायतका जिल्लामा नेपाल–भारत सिमा हुँदै अबैध रुपमा सामान पैठारी बढेको छ । पाँचथरको याङ्वरक गाँउपालिका र फालेलुङ गाँउपालिकासँग सिमा जोडिएको भारतको दार्जिलिङ तथा सिक्किम हुँदै पाँचथरमा चोरी निकासी बढेको हो ।

पाँथरका च्याङ्थापु, फलैंचा, प्र्राङबुङ र मेमेङ् लगायतका क्षेत्रबाट दैनिक अबैध सामग्री भारततर्फ लैजाने काम बढेको छ । सोही मात्रामा भारतबाट पनि यी क्षेत्रमा अबैध सामग्री भित्रने गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

पाँचथरका विभिन्न क्षेत्रमा उत्पादीत चिज, छुर्पी, चिराइतो लागाइतका जडिबुटी जन्य वस्तु अबैध रुपमा भारत निकासी हुने गरेको छ । त्यस्तै, भारतबाट अबैध रुपमा सिक्कीमे रम तथा खाद्यन्न सामग्री भित्रने गरेको छ । चोरी निकासी बढेपछि प्रहरीले सिमा क्षेत्रमा गस्ती बढाएको छ ।

गस्तीका क्रममा प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेका विभिन्न सामग्री बरामद गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनु भयो ।

द्धन्द्धका कारण भारतसँग सिमा जोडिएको क्षेत्रमा रहेका सिमा कार्यालय बन्द भएपछि यी क्षेत्रमा अबैध सामानको चोरी निकासी बढेको हो । सिमा कार्यालय १८ वर्षपछि पुनस्थापना भएपनि प्रभावकारी काम गर्न नसक्दा चोरी निकासी बनेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार