टोपी दिवसका अवसरमा लमजुङमा र्याली


लमजुुङ । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस लमजुङमा विविध कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा जिल्लाका विभिन्न क्लव तथा संघ–सस्थाहरुको समन्वयमा सोमबार बिहान जिल्ला सदरमुकाम बेसीशहरस्थित मनाङे चौताराबाट शुरु भएको ¥याली शेरा बजार पुगी समापन भएको थियो । ¥यालीमा सर्वसाधारण देखी नेपाली टोपी लगाएका विदेशीहरुको पनि उल्लेख्य रुपमा सहभागीता रहेको थियो ।

सहभागी स्थानियहरुले स्वःस्फूर्तरुपमा भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा समेत बोकेका थिए । ¥याली समापन गर्दे लमजुङ उद्योग बाणिज्य सँघका अध्यक्ष राजेश थापाले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवस मनाउनु सान्दर्भिक भएको बताए । उनले भने, ‘नेपालीको पहिचान गुमिरहेकाबेला स्थानिय संघ सस्थाले यसको महत्वको रक्षा गरेका छन्, तर सरकारले ढाका टोपी दिवसलाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुपर्छ ।’

सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि सामाजिक क्षेत्रमा सक्रिय रोट्रयाक्ट क्लव अफ लमजुङले विगत चार वर्षदेखि पनि औपचारिक रुपमै दिवस मनाउँदै आएको क्लवका अध्यक्ष झमप्रसाद गुरुङले बताए ।

रोट्रयाक्ट क्लव अफ लमजुङले समन्वय गरेको र्यालीमा लमजुङ उद्योग बाणिज्य सँघ, उद्योग बाणिज्य सँघ बेसीशहर इकाई, रोटरी क्लव अफ लमजुङ, लमजुङ मस्र्याङदी युवाक्लव, लमजुङ जेसीस, कम्प्युटर एशोसिएशन नेपाल लमजुङ, भिएसओ समूह लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार