करेन्ट लागेर एकको मृत्यु

लहान । करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार