प्रहरीमा चार हजार दरबन्दी खाली

काठमाडौं । चार हजारभन्दा बढी दरबन्दी खाली हुँदा पनि बढुवा नभएपछि प्रहरी संगठन भित्र चरम असन्तुष्टी उत्पन्न भएको छ । गत कात्तिकदेखि बढुवा समितिको बैठक नबस्दा बढुवा अवरुद्ध भएको हो ।

बढुवा समितिका अध्यक्ष गृहसचिव, प्रहरी महानिरीक्षक सदस्य र मानव स्रोतसाधन विभागका एआईजी सदस्य सचिव रहने व्यवस्था छ । पछिल्लो पटक राजनीतिक भागबण्डा मिलाउन ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको थियो ।

बढुवा गरिएका सबै एआईजी र प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल एउटै ब्याचका हुन् । आफ्ना ब्याचका सहकर्मीको बढुवापछि अर्यालले बढुवा समितिको बैठक डाक्न गृहसचिव मोहनकृष्ण सापकोटालाई मनाउन नसकेको आरोप बढुवा हुन नपाएका कर्मचारीको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार