कांग्रेस र लोकतन्त्रलाई खतराः कम्युनिस्टबाट कि अनैतिक गतिविधिबाट ?

  पुरञ्जन आचार्य  373 पटक हेरिएको

अब लाठियौ मे तेल मलमल के आ रहा है चुनाव,
दौलत के सँग उछल उछलकर आ रहा है चुनाव,
हत्यायौं की गलियौ से चलकर आ रहा है चुनाव,
हत्यारे मिल रहे है गले इस चुनाव मे,
गहरा के जातपात चले इस चुनाव मे,
पाखण्ड, झुठ, पाप चले इस चुनाव मे,
वेवस गरिब जाति छले इस चुनाव मे ।

 

भारतमा जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्तिको’ आन्दोलनको समय सन् १९७४ ताका आन्दोलनकारीहरुले सडक, चोक र चौराहामा माथिका पंक्तिहरु गाउँदै हिँडेको मैले देखे/सुनेको थिएँ । पंक्तिहरु ठ्याक्कै यस्तै नै थिए कि फरक, सम्झना भएन । तर, त्यसको सन्देश यस्तै थियो ।

जेपी आन्दोलनको समय अनेकन् क्रान्तिकारी गीतहरु रचना गरिएका थिए, भारतभरि । त्यो आन्दोलनले भारतमा निर्विकल्पझैं रहेको भारतीय राष्ट्रिय कांग्रेसलाई जरैबाट हल्लाइदियो र भारतीय राजनीतिमा नयाँ मध्यमवर्गको प्रवेश हुन पुग्यो ।

भारतीय राष्ट्रिय कांग्रेसको पतन र भारतको राजनीतिमा नयाँ शक्तिको उदय त्यही समयबाट शुरु भएको मान्न सकिन्छ । यही समयदेखि उत्तर भारतमा नयाँ समाजवादीहरु देखा परे, क्षेत्रीय राजनीतिमा र अझै पनि ती शक्तिशाली छन् । केन्द्रीय राजनीतिमा भने जेपी आन्दोलनको झण्डै अढाइ दशकपछि भारतीय जनता पार्टीको नाममा नयाँ केन्द्रीय शक्तिको उदय भयो ।

कांग्रेस अब मध्यमवर्गको पार्टी रहेन, यसो भन्दा यसका नेताहरुले चित्त दुखाउलान् । तर, वास्तविकता त्यही हो

नेपालमा वाम एकीकरणपछि केन्द्र र प्रदेशमा नयाँ शक्तिको उदय हुनेछ र त्यसले लोकतन्त्रवादी शक्तिलाई परास्त गर्नेछ भन्ने आम सोचाइ यतिखेर छ । नेपालको वामशक्ति नयाँ मध्यमवर्ग हो, नेपालको ।

कांग्रेस अब मध्यमवर्गको पार्टी रहेन, यसो भन्दा यसका नेताहरुले चित्त दुखाउलान् । तर, हेरौं त कैलालीका पुष्कर ओझा हुन् वा स्याङ्जाका धनराज गुरुङ, कांग्रेसमा उम्मेदवार हुनबाट वञ्चित भए । के कारणले यी वञ्चित भए । संसदको टिकट सहजै पाउने सुनिल शर्मा हुन् कि विनोद चौधरी, के यिनले कांग्रेस मूल्य, पद्दतिको सोच राख्छन् ?

नेपालमा वामशक्तिको एकीकरण भएको यो पहिलो घटना होइन । के अहिलेको वामशक्तिले निरंकुशतातर्फको यात्रा तय गर्छ ? वा अहिले देशको निर्वाचनमा प्रयोग भइरहेको धनवली र बाहुवलीबाट देशको लोकतन्त्रलाई खतरा छ ? राजनीतिमा सामान्य चासो राख्ने धनुषा गाउँको मुसहर पनि यतिखेर वामपन्थी एकताबाट भन्दा विकृत निर्वाचन प्रणालीबाट लोकतन्त्रलाई खतरा छ भन्ने निष्कर्षमा पुग्छ । माथिका पंक्तिहरु गाउँदै हिँड्न अहिले पनि ती मुसहर विवश छन् ।

जेपी आन्दोलनको राप र तापको असर नेपाली राजनीतिमा पर्‍यो र नेपालमा निर्विकल्प भनिएको पञ्चायती व्यवस्थाले ०३६ सालमा जनतमतसंग्रहको सामना गर्नुपर्‍यो । चार दशक अगाडि भएको जनमत संग्रहले नेपाली समाजलाई जरैबाट हल्लाइदियो र पहिलोपल्ट फराकिलो आयाममा नेपालको मध्यमवर्ग देशको राजनीतिबारे सोच्ने भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार