थाल ठटाउँदै राजधानीको माग !

सरकारले प्रदेशको राजधानी तोक्ने तयारी गरिरहदा धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटामा थाल बजाएर बिरोध प्रदर्शन गरिएको छ ।

१७ दिन देखि प्रादेशिक राजधानीको माग गर्दै विभिन्न दवावमुलक चरणबद्ध आन्दोलन गरिरहेका धनकुटाबासीले आज रित्तो थाल ठटाउँदै र्याली निकालेका हुन् ।

धनकुटालाई एक नम्वर प्रदेशको राजधानी नबनाइए संघिय शासन ब्यबस्थाले कल्पना गरेको समानुपातिक विकासको सिद्धान्त विपरित हुने तथा पहाडी क्षेत्रमाथि अन्याय हुने भन्दै धनकुटालाइनै प्रादेशिक राजधानी कायम गरिनु पर्ने उनिहरुको माग छ ।

उद्योग बाणिज्यसंघ, नागरिकसमाज तथा विभिन्न सामाजिक संघसंस्थाहरुले नेतृत्व गरिरहेको आन्दोलनमा सदरमुकाम धनकुटा बजार, हिले, जोरपाटी, सिंधुवा, पाख्रिबास लगायत स्थानका ब्यपारिहरु बजार पसल बन्द गरेर खबरदारी आन्दोलनमा सहभागी भएका छन् ।

ऐतिहासिक पहिचान, सामथ्र्य, भूगोल र हावापानीका हिसाबले पनि धनकुटा प्रदेश एकको राजधानी उपयूक्त हुने उनिहरुको जिकिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार