भारत पसेका ६ सय ८० जना महिला सम्पर्क बिहिन

नेपालगन्ज । नेपालगन्ज नाका भएर भारत पसेका नेपाली महिलाहरु हरेक वर्ष बढ्दो मात्रामा हराउने गरेका छन्। एक वर्षको अवधिमा मात्र भारत पसेका ६ सय ८० जना महिला अहिले सम्म सम्पर्कमा छैनन्। यस नाकाबाट भारत गएका ८ सय ३४ जना मध्ये १ सय ५४ जना मात्र फेला परेका छन्। अन्य महिलाको अवस्था अहिले सम्म अज्ञात छ।

अघिल्लो वर्षपनि हराएका ७ सय ३१ महिला मध्ये १ सय १३ जना मात्र फेला परेका थिए। मानव वेचविखनविरुद्ध क्रियाशिल संस्था माईती नेपाल नेपालगन्जले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत तीन वर्षयता बढ्दो मात्रामा नेपाली महिलाहरु हराईरहेका छन्।

सन् २०१५ मा ४ सय ६१ जना नेपाली महिला हराएको निवेदन दर्ता भएकोमा ५१ जना महिला मात्र फेला परेका थिए । माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोईरालाले अधिकांस नेपाली महिला दलालको प्रलोभनमा परेर भारत जाने गरेको र उतैबाट खाडी मुलुकमा जाने गरेको बताए । दलालले रोजगारीको प्रलोभन देखाएर भारत लगायत खाडी मुलुकमा लैजाने गरेपनि त्यहाँ गईसकेपछि महिलाहरु श्रम तथा यौन शोषणमा पर्ने गरेको कोईरालाले बताए।

माईती नेपालका अनुसार एकवर्षको अवधिमा जोखिमपुर्ण यात्रामा रहेका १ हजार ७१ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको छ । यस्तै १ हजार १ सय १६ जनालाई पारिवारीक पुर्नमिलन गराइएको, श्रम र यौन शोषणमा परेका ६७ जनालाई उद्धार गरिएको र २ सय २३ जनालाई सीमाबाट परामर्श दिई घर फिर्ता पठाइएको छ । भारत पसेर हराउनेमा सबैभन्दा बढी बाँकेका महिलाहरु रहेका छन् । बाँकेबाट २ सय ८ जना महिला हराएकोमा ४ जनाको मात्रै उद्धार गर्न सकिएको कोईरालाले जानकारी दिएको समाचार आजको नागरिक दैनिक बाट लियिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार