वाम नेता व्यवस्थापन गर्न सकस,कसको आँखा कता ?

काठमाडौं । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

सम्मानजनक एकताका लागि नेतृत्वको पदीय व्यवस्थापनको प्रश्नलाई दोस्रो पुस्ताका नेताहरूले दबाब रूपमा उठाएका कारण पनि गठबन्धनका दुवै अध्यक्ष थप दबाबमा छन् ।,समाचार आजको अन्नपुर्ण पोस्टले लेखेको छ ।

कसको चाहना के ?

ओली-दाहालका अतिरिक्त पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनाल र माधव नेपाल एमालेका वरिष्ठ नेता हुन् । दोस्रो वरीयतामा रहेका तर प्रभावशाली नेताहरूको व्यवस्थापनमा पनि उत्तिकै चुनौती देखिन्छ । एमालेभित्र वामदेव गौतम र सुवास नेम्बाङ तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासम्मको पदीय व्यवस्थापन पार्टी एकतापछिको चुनौती बन्दै छ ।

नयाँ सरकारको प्रधानमन्त्रीमा ओली निर्विकल्प छन् । माओवादी अध्यक्षले समेत अबको सरकार ओलीकै नेतृत्वमा बन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, ओलीको चाहना प्रधानमन्त्रीको अतिरिक्त पार्टी अध्यक्ष र संसदीय दलको नेतासम्म पनि देखिएको छ । उनीनिकट ईश्वर पोखरेल, शंकर पोखरेललगायत नेताले प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्म ओली नै बन्ने बताइरहेका छन् । ओली यस विषयमा बोलेका छैनन् । दाहालसँगको एक्लाएक्लै भेटमा पनि ओलीले मुख खोलिनसकेको स्रोतको दाबी छ ।

ओली-दाहालको पदीय व्यवस्थापनसँगै पूर्वप्रधानमन्त्री खनाल र नेपालको पदीय व्यवस्थापनमा पनि गठबन्धनलाई चुनौती छ । खनालले मिडियामार्फत राष्ट्रपति बन्ने चाहना राख्न थालेका छन् ।

राष्ट्रपति भण्डारी स्वयंले पनि आफू छोटो समय मात्रै राष्ट्रपति भएकाले पुनः दोहोर्‍याइदिन गठबन्धनका नेतासँग लबिङ थालेकी छन् । भण्डारी नै राष्ट्रपति दोहोरिए माओवादीलाई पनि उपराष्ट्रपति दोहोर्‍याउन दबाब पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार