उदयपुर । विद्यालयबाट पढाएर डेरा फर्किदै गरेको शिक्षक मृत भेटिएको छ । उदयपुरगढी गाँउपालिका– २ बर्रेस्थित आधारभुत विद्यालय सातबोटका प्राशि शिक्षक शुक्रवार मृत भेटिएका हुन ।
विहिवार विद्यालयमा पढनपाठन गरि डेरा फर्किएका ईश्वर ढुंगानाको विद्यालय नजिकैको जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।
साविक पञ्चावती गाविस– ६ नेपालटार घर भएका ४५ वर्षिय ढुंगाना विगत सात वर्षदेखि डेरा लिएर सातबोटमा नै बस्दै आएको स्थानीयबासी ढगबहादुर राउतले जानकारी दिए ।
विद्यालयबाट करिब ७ सय मिटरको नजिकमा रहेको जंगलमा स्थानीयबासीले ढुंगाना मृत भेटि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यायल कटारीले जानकारी दिए । ढुंगानाको सब जंगलमा नै रहेको स्थानीयबासीले बताए ।
पुर्बेलीन्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।