लमजुङ कारागारमा पुस्तक वितरण


लमजुङ । लमजुङ जिल्ला कारागारको पुस्तकालयमा एकसय भन्दा बढि पुस्तक वितरण गरिएको छ । रोट्रयाक्ट क्लव अफ लमजुङले एसिया फाउण्डेशन नेपालको सहयोगमा १ सय ३२ पुस्तक वितरण गरेको हो ।
पुस्तक वितरण कार्यक्रमलाई सम्बोधन गर्दे बेसीशहर नगरपालिका प्रमूख गुमानसिंह अर्यालले पछिल्लो समय कारागारलाई सुधारगृहको रुपमा लिइएको भन्दै आचरण सुधारका लागि पुस्तक अध्ययन महत्वपुर्ण रहेको बताए ।
उनले भने, ‘पछिल्लो समयमा कारागारमा रहेका कैदीबन्दीहरुलाई आम जनताले हेर्ने दुष्टिकोणमा परिवर्तन आएको छ । परिस्थीतिवस कारागारमा बन्दी वेतीत गरेकाहरुले आत्मग्लानी नगरी सुधारीने मौकाको रुपमा लिनु पर्छ ।’ पछिल्लो समय जिल्ला कारागारमा रहेको पुस्तकालयमा पुस्तक भरिएको र आप्ना रोजाई अनूसारका पुस्तक अध्यय्न गर्न पाएकोमा कैदीबन्दीहरु खुशी भएका छन् ।
कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी एवं कारागार प्रमूख काजीमान सुनार, रोटरी क्लव अफ लमजुङका अध्यक्ष दिपक पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य नवीनराज कुईकेल लगायतले पुस्तक अध्यनबाट सोच र जिवन परिवर्तन गर्न सकेमात्र कारागारलाई सुधारगृहको रुपमा परिवर्तन गर्न सकिने तर्क राखेका थिए ।
कारागारमा हाल सात जना महिला सहित ७६ जना कैदी बन्दी रहेका छन् । रकारी तथा गैरसरकारी सस्थासँग समन्वय गरी सामाजिक कार्य गर्दै आएको रोट्रयाक्ट क्लव अफ लमजुङले एसिया फाउण्डेशनकै सहयोगमा लमजुङका दुई विद्यालयमा पनि पुस्तक सहयोग गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार