अन्ततः सरकार र अनसनरत डा. गोविन्द केसीबिच ८ बुँदे सहमति

  झझल्को संवाददाता  77 पटक हेरिएको

काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन  तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।                           

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार