ललितपुरका तीन मेयरलाई कोरोना पुष्टि

  झझल्को सम्वाददाता  106 पटक हेरिएको

 


ललितपुरका तीनै जना मेयरमा कोरोना पोजेटिभ देखिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन कोरोना संक्रमित भएका हुन्।

त्यसैगरी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ११ दिनदेखि किस्ट अस्पतालको आइसोलेसनमा छन्। उनको दोस्रो पटक परीक्षण गर्दा पनि कोरोना देखिएको छ।

ललितपुर महानगरपालिकाका मेयर महर्जनका अनुसार उनलाई बिहीबार दिउँसो २ बजेदेखि अत्यधिक ज्वरो र घाँटी दुखेर गाह्रो हुन थालेको हो। शुक्रबार रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नै घरमा बस्ने व्यवस्था मिलाएका छन्।

त्यस्तै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दुई पटक परीक्षण गर्दा दुई पटक नै पोजेटिभ आएको बताए।

उनका अनुसार उनी गत सोमबारदेखि घरमै आइसोलेसनमा बसेका छन्। उनमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने लक्षण देखिएको छ।

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई भने ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको छ। हाल उनको अवस्था ठीकै भए पनि बुधबार पुनः गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार