सरकारले एसिड विक्री वितरण, नियन्त्रण र नियमनबारे कानुन ल्याएको छ। कानुन अनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ।
कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन।
एसिड राखिएको बोतलको रङ चहकिलो हुनुपर्ने छ भने सबै बोतलमा लेवलिङ हुनुपर्ने व्यवस्था गरिएको छ।
एसिडको विक्री वितरण गर्ने पसलले जिल्ला प्रशासनबाट अनुमति लिनु पर्ने छ। उक्त अनुमतिपत्र लाई वार्षिकरुपमा नविकरणसमेत गराउनु पर्ने छ।
विक्रेताले एसिडबारे नियमित लकबुक मेन्टेन गर्नुपर्ने छ। खरिदकर्ताको परिचयपत्र र फोन नम्बर राख्नु पर्नेछ भने खरिदको उदेश्यबारे समेत जानकारी दिनुपर्ने छ।
उक्त लकबुक एक वर्षसम्म कायम राख्नुपर्ने छ। आजको नागरिक दैनिकमा समाचार रहेको छ ।