बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने आङरिता शेर्पाको निधन

हिउँ चितुवाको नामबाट चिनिएका पर्वतारोही शेर्पाको निधन

  झझल्को सम्वाददाता  903 पटक हेरिएको

हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ।

शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो।

उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार