दलित माथि ब्राह्मणवाद हावी यसकाे अन्त्य युवा बाट मात्रै सम्भव

  तेजेन्द्र भट्टराई  143 पटक हेरिएको


इ.शा. पूर्व १५०० देखि नेपालमा किरात वंशको शासन प्रारम्भ भएको थियो । त्यस वेलामा एउटै समुहका विभिन्न मानिसहरु विभिन्न श्रमहरु गथ्ये । त्यतिवेला कसले के काम गर्ने भन्ने कुरा जातका आधारमा गरिएको थिएन । कसैले आफुले गरिरहेको काम मन परेन भने आफु खुसी छाड्न पाउथ्यें । त्यस वेला काम गर्नेलाई सम्मान , आधार गरिन्थ्यो । त्यति वेला छाला, फलामको काम गर्नेलाई इज्जत गरिन्थ्यो । जव समाज विकासको क्रम तिव्र हुदै जान थाल्याे र सम्पति निर्माण क्रम पनि बढ्न थाल्यो त्यस पछि समाजमा बर्गहरु देखा पर्न थाले । जव समाज वर्गिय हुदै गयो तव काम नगर्ने र बसेर खानेहरुको मान सम्मान हुन थाल्यो । किनकी बस्ने भनाउँदा हरु नै त्यस वेलाका नेता र व्यवस्थापक थिए । उनिहरुले नै काम गर्नेहरुमाथि हेला होचो सुरु गर्न थाले । अछुतको कोटिमा राखेर हेर्न थाले । विस्तारै विस्तारै श्रम विभाजनको शिलशिलालाई बंशाणुगत बनाइयो ।


फलामको काम गर्नेकोछोराले फलामकै काम गर्नुपर्ने नियम बन्यो । यसरि नै मात्र मानिसहरु अछुत भएको पक्कैहोइन । त्यस वेला दासहरुको समुह समुह झगडा पर्दा हारेको समुहवाट, रुप रङ्गको भिन्नतावाट श्रमलाई हेर्ने दृष्टिकोण वाट र समुहका निति नियम तोड्नेहरु वाट मानिसहरुलाई अछुत बनाइएका हुन । तिनीहरुनै वंशाणुगत हुदै आज सम्म आएका हुन् ।सुरुको जातपातको समयमा ३ थरि मात्रै जात थियो बाहुन, क्षेत्रि र वैश्य । तर बाहुनर क्षेत्रिको एक आपसको झगडावाट शुद्र पनि बन्यो । त्यो शुद्रलाई त्यसै बेलादेखि पढ्न ,सम्पति राख्न जनै लगाउन दिएन् । पछि राजा मनुकाे पालामा यसलाई लिखितम नै गरियो । त्यति वेला सम्म आइपुग्दा बाहुनहरुले जताततै अरु वर्गलाई थिचोमिचो गरे । तिनै बाहुनहरुको धर्मलाई पछि गएर हिन्दु धर्म भनियो । बाहुनवाद भनेको ब्राह्मणवाद हो । यो ब्राह्मणवाद भनेको असमानता हो ।भारतको कुमाल, गणवाल हुदै छिरेका मानिसहरुले आफुहरुको वर्ण व्यवस्था पनि लिएर नेपाल छिरे । यसरी नेपालमा तराइ मधेश हुदै पहाड र हिमालसम्मै जातपातको हुइम छिर्यो।


नेपालमा पहिलो पटक वर्ण व्यवस्था लिच्छिवी कालमा देखा पर्यो । त्यो वेलामा काठमाडौंमा मध्येकालमा एकजना राजा थिए जयस्थिति मल्ल भन्ने ति जयस्थिति मल्लको पालामा आइपुगेपछि चार वर्ण , छत्तीस जात भनेर वर्ण व्यवस्थापनलाई मजवुत पार्न सामाजिक कानुन बनाइयो । यसले जातका आधारमा पेशा किटान गरि आफ्नो जातको आधारमा पेशा नगर्नेलाई अपराधि सरह सजाय गर्ने, जातहरुको फरक फरक चिनो राख्ने, सानो जात भनिएकाहरुको पानी नचल्ने र तिनिहरुलाई तले घरमा वस्न र राम्रा लुगा लगाउन नपाइने नियम बन्यो । यस वाहेक कसुरको आधारमा दण्ड सजाय नगरि जातको आधारमा गर्ने स्थिति बसालेर यसले तल्लो जातिको जिवनलाई नरक सरह बनाइदियो ।


त्यस पछि गोरखाका राजा राम शाहा , पृथ्वीनारायण शाहा र भिमशेन थापाको पालामा आइपुग्दा यिनिहरुले यो जातपात, छुवाछुतको थिति झनझन् कठोर बनाउदै लगे पछि जंगबहादुर राणाको पालामा आइपुग्दा छुवाछुत जातपातको प्रथा चलिरहेको भनि विं.सं.१९१० मा मुलुकि ऐन जारि गरे । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भयो । त्यसपछि बनेको संविधानमा धर्म र जातका आधारमा मान्छेलाई भेदभाव नगर्ने भनियो तर पनि व्यवहारमा भने कत्ति परिवर्तन भएको पाइदैन् । पछि वि.सं. २०१७ सालमा पञ्चायती शासन आयो । यसले हाम्रो मुलुक नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्यो । हिन्दु धर्म भनेको व्राह्मण धर्म हो । पंञ्चायतकालमा नयाँ मुलुकी ऐन आए पनि अवश्य भने केहि फेरवदल भएको पाइदैन् ।


वि.सं.२०४६ सालमा पञ्चायत शासन ढल्यो अनि बहुदलिय शासन आयो । त्यो बहुदलिय शासनले बनाएको संविधानमा पनि जातपात, छुवाछुत गर्न नपाइने भनेर लेखिएता पनि व्यवहारमा भने उस्तै भो । यस्तै यस्तै हुदै आज सम्म आइपुग्दा धेरै निति नियम कानुनहरु बने तर नेतृत्व र कार्यान्वयन गर्ने गराउने तहमा पुरानै बाहुनवाद व्यक्तिहरुको हावि र सोचको कारणले व्यवस्था भने उहि पुरानै शैलिमा राखिरह्याे । छुवाछुत र जातपातको कारण मर्कामा परेका नेपालीको सङ्ख्या झण्डै ४० लाख रहेको अनुमान छ ।


अवको सर्घष व्राह्मणवादको एउटा निती छ, जसमा कि फुटाउ कि शासन गर हो । त्यो फुटाउ निती अन्तर्गत दलित एक भएर काम गर्न थाल्ने बित्तिकै त्यो फुटाउवाद त्यहा आइहाल्छ र फुट पछि जोडिन दिदैन् । सफलता पाउनका लागि एकातिर दलितहरु सचेत हुनु र सर्घष गर्नु जरुरी छ भने, अर्कोतिर दलित जो अनेक थरिका पार्टिको लोभ लालचमा परेर दास बनेका छन् । त्यो भन्दा माथि उठ्न दलित समुदाय बिच मै जे जस्ता छुवाछुतको भावना छ त्यसलाई हटाउन र दलितहरुले नै आफ्नो संघर्ष आफुजस्तै हेपिएको वर्ग, लिङ्ग र क्षेत्रलाई साथि बनाउनु जरुरी छ । यसो भनिरहदा दलित जातिले मात्र आफ्नो मुत्तिका लागि छुटै संर्घष गर्ने भनेको होइन । त्यहि वर्गिय आन्दोलनमा नै यो वर्णको जातपातको आन्दोलनलाई ठिक सँग लैजानु पर्छ । यसका लागि दलितहरु नै सचेत र संगठित भएर आफ्नो मुत्तिकालाई आवाज उठाउन जरुरी देखिन्छ । उनीहरुको शैक्षिक, साँस्कृतिक, राजनितिक स्तर वढाउने, उनिहरुलाई अरु जाति जनजातिहरु सँग घुलमिल गराउने, उनीहरुको आर्थिक स्थीति सुधार गर्ने, जे जति सकिन्छ दलित अधिकार प्राप्तिका निम्ती संघर्ष गर्नु पर्दछ ।


नाममा प्रजातन्त्र भनिए पनि राजतन्त्र को शासन काल नेपाल मा रहिरहन्छ त्यसले एउटा धर्म , एउटा भासा , एउटा जात एउटा पोसाक को शासन चलिरह्ह्यो , त्यसका विरुद्ध असङ्गठित आन्दोलन धेरै भए पनि मुलरुपमा सङ्गठित रुपमा माओवादि आन्दोलन ले जातिय भाषिक लिङ्गिए , क्षेत्रीय उत्पिडन का विरुद्ध ससस्त्र युद ले आधारभुत रुप उत्पिडित हरुलाइ बलियो र सङ्गठित बनायो तर अन्तरिम संविधान जारी गर्दा माओवादी ले पनि समाबेशी समानुपातिक प्रणाली छोड्यो तर ठिक त्यही समय मधेस मा एउटा सचेत बिद्रोह ले संघीयता समाबेसी समानुपातिक प्रणाली स्थापित गर्न सफल भयो , तर पहिलो संविधान सभा मा अग्रगामी हरुको असावाधानी र प्रतिगामी हरुको षड्यन्त्र ले विघटन हुन पुग्यो र दोस्रो संविधान सभामा संघीयता , समाबेशी र पहिचानको एजेन्डा बाेक्ने शक्ति कमजोर उपस्थिति ले संविधान सभाले गणतन्त्र सस्थागत गरे पनि अन्य संघीयता , समाबेसी र पहिचानका मुद्दा राम्रो सग सस्थागत हुन सकेन , त्यसैले यो संविधान सर्वस्वविकार्य हुन सकेन , त्यसैले अब संविधान संसोधन गरेर शासकिय प्रणाली , निर्वाचन प्रणाली , परिवर्तन गर्दै सहभागीता मुलक लोकतन्त्र स्थापित गर्नु हाम्रो पुस्ता को मुल दायित्व हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार