दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल ,राज्य ब्यवस्था परिवर्तनका लागि एक जुँट हुन् विप्लवको आह्वान

  झझल्को सम्वाददाता  1049 पटक हेरिएको

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।

महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् ।

महासचिव विप्लवले विज्ञाप्तिमा भनेका छन् ‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘यो असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो।’

उनले राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल आवश्यक भएकोसमते बताएका छन्। विप्लवले यसका लागि आफ्नो पार्टी लागेको भन्दै सबैलाई यही दिशामा लाग्न आग्रहसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार