“कुलमान पात्र होइन प्रबृति खोजौ ”

  ईन्द्रमणि पाण्डे  1169 पटक हेरिएको

नेपालमा हरेक हप्ता नयाँ–नयाँ बिषयबस्तु र सन्र्दभहरुले चिया पशलको गल्ली, सडक, चोक ,प्रोफेर र कर्मचारीको अफिस देखी लेखकका कलम हुदै सामाजिक सन्जालका भित्ताहरुसम्म छाउने गछन। यो या त्यो प्रकारले बिभिन्न प्रकारका प्रपोगाण्डहरु समाजमा चल्ने गर्छन् । लेखकहरुले लेख्नको लागी हरेक दिन अझ भनौ हरेक घण्टा नयाँ नयाँ साम्रगी आउने गरेका छन् । हरेक दिन नयाँ बिषयबस्तुहरु एकाएक भाइरल बन्न पुग्छन् । मानिशहरुको आफ्नो रफ्तार चलिरहेको हुन्छ ,एकाएक सन्सारभर कारोना भाइरसको महामारी आउछ , चिनको बुहान हुदै बिश्वका अन्य केही देशमा हजारौ संख्यामा मानिश मरेको र लाखौको संख्यामा सङ्क्रमित बढेको समाचार आउछ , बिश्वका थुप्रै देशहरुमा जस्तो नेपालमा पनी यसको व्यापक हल्ला हुन्छ एकाएक सरकारले एसइइ रोक्छ । बन्दाबन्दी गर्छ , अनी चोकचोकमा नाराबाजीहरु कम सुनिन थाल्छन् ।


देशको राष्ट्रिय राजनितीमा पनी अनेक प्रकारको उतारचढाँब आउछ । सत्ता लम्बाउने र हत्याउने होडबाजी चल्छ , प्रतिपक्ष दलको पनी ताल उही हुन्छ , आर्दश कहालिएका , बिद्धान कहालिएका पात्रहरु मन्त्रीमण्डलमा पुग्छन्। त्यहाँ गएपछी उनीहरु आफ्नो नैतिकताबाट कतै न कतै चुकेका हुन्छन । बिज्ञ भनिएकाहरु अनबिज्ञ कहालिएकाहरुले गरेको जस्तो काम पनी गर्न सक्दैनन् , । योग्य भनिएका हरु अयोग्य ठहरिन पुग्छन् । परिबर्तको सपना बाड्नेहरु आसेपासे परिवर्तनमा तल्लिन हुन्छन् । जताँततै अस्तब्यस्त हुन्छ ।


मानिशहरु रोग शोक र भोकको चपेटामा पर्छन , एकाध समुहका नाईके र सत्ताको बरिपरी रहेका राजनितिक दलका केही थान कार्यकर्ता , सरकारी कर्मचारी , केही दर्जन काला व्यापारीहरु र केही थान साहुँ महाजन बाहेक आम सर्बसाधरण जनता र मध्यम वर्गका व्यापारी उधोगी लगायतका पेसा व्यबशायीहरु चिन्ताले आकुल व्याकुल हुन्छन् । यसकारण चोक चोकमा नारा जुलुश कम भएको हो , नारा जुलुश रोकिनु सुशाशन कायम भएर होइन , जनताले सहजता पाएर नी हुदैँ होइन , नत कम्युनिष्ट सरकार भएको देशमा व्यक्तिगत सम्पत्तिको उन्मुलन , तथा प्रगतिशिल कर प्रणाली लागु भएर हो या त पैत्रिक सम्पत्तिमाथीको हकदावीको अन्त्य भएर हो अथवा राज्यद्धारा उत्पादनशिल पुँजीको व्यबस्था गर्दै , बेरोजगारीको अन्त्य भएर हो , नत उधोग कलकारखानाको बिस्तार भएर हो नत उत्पादन संग जोडिएको निशुल्क शिक्षा भएर या त गाउँ बस्तीका झुपडीहरुमा खुसीको उज्यालो आएर हो यि सब केही भएर होइन यो त खाली मानब जिबनको अस्तित्व समापन हुने र आफ्नो अस्तित्व बचाउने झिनो आशामा अपनाईएको बाध्यता हो । प्रकृतिको अगाडि मानब समुदायले गरेको आत्मसमर्पण हो । जताततै सुनसान हुन्छ तर मानिशहरुको बाध्यताको पहाड कालो बनेर आफ्नै अगाडि ठुलो चुनौति बनेर आउछ ।


कतै बन्दाबन्दी अबज्ञा गरेको खबर सुन्नमा पाइन्छ , जनताहरु सडकमा आउन थाल्छन् । सरकार निषेधाज्ञा जारी गर्छ , पुलिश प्रशाशन पनी जनताको उत्तरदायित्व बहन गर्न कहीकतै चुकेको हुन्छ । फेरी राहतको नाममा सस्तो लोकप्रियता बजारमा छाउन थाल्छ । बाढी कारोनाले क्षतबिच्छेड भएको मानव समुदाय बाढी पहिरो जस्ता अनेकौ पा्रकृतिक बिपक्ति आउछ , बिस्तारै मानिशहरु कोरोणालाई सामान्य रुपमा लिन थाल्छन् ।


देशको राष्ट्रिय राजनितीमा पनी अनेक प्रकारको उतारचढाँब आउछ । सत्ता लम्बाउने र हत्याउने होडबाजी चल्छ , प्रतिपक्ष दलको पनी ताल उही हुन्छ , आर्दश कहालिएका , बिद्धान कहालिएका पात्रहरु मन्त्रीमण्डलमा पुग्छन्। त्यहाँ गएपछी उनीहरु आफ्नो नैतिकताबाट कतै न कतै चुकेका हुन्छन । बिज्ञ भनिएकाहरु अनबिज्ञ कहालिएकाहरुले गरेको जस्तो काम पनी गर्न सक्दैनन् , । योग्य भनिएका हरु अयोग्य ठहरिन पुग्छन् । परिबर्तको सपना बाड्नेहरु आसेपासे परिवर्तनमा तल्लिन हुन्छन् । जताँततै अस्तब्यस्त हुन्छ । आपतबिपतले मानिशहरुको हदैसम्मको निराशा व्यक्तm गर्दछन् । परदेशीएको सन्तानको पिरमा बाच्ने नेपाली आमाबुबाको चित्कार प्रति सरकार बफदार बन्दैन , बिदेशिएका बाबुआमा आउने आशमा रहेका लाखाँै छोराछोरीको आबाज राज्यले सुनेको हुदैन । राज्यका हरेक निकायहरु अन्योल र अस्तब्यस्त हुन्छन् । जनता सधै मारमा परेका हुन्छन् , राज्यका बिभिन्न संबैधानिक निकायहरु पनी भष्ट्राचारको केन्द्र बन्छन् । पछिल्लो समय बिधुत प्रबाधिकरणमा कुलमानको नियुक्ति गर्नुपर्छ भन्ने जुन आबाज छ त्यसको बिषयमा केही गहिराई सम्म पुगिने प्रयत्न गरिएको छ ।


आज देशको कुनैपनी निकाय जनताप्रति जबाफदेही बनेको छैन । राजनिति जनताबाट घृणित बन्दै गइरहेको छ । , आज राजनितीले पाउने जस राज्यका नेताहरुले पाउने जस केही समाजका सेलिब्रेति , कर्मचारी तथा केही नागरिक समुदाएका अगुवाहरुले पाएका छन् , जस पाउनेकाम आफैमा नराम्रो होइन । तर कसले कुन ठाँउमा जस पायो त्यो महत्वपुर्ण पक्ष हो । राजनितिक नेतृत्वको गलत प्रबृतिका कारण यसो भइरहेको छ । कहिँले रबी लामिछानेहरुले बजारमा भाइरल हुने गर्छन् कहिले बिजय लामा हरु भाइरल हुने गर्छन् त कहिले को कहिले हो भाइरल हुने गर्छन् यो सब हुनुको कारण देशले एउटा हिरो खोजिरहेको छ भन्ने हुन्छ , आज कुलमान घिसिङको बजारमा जुन चर्चा छ । त्यो आफैमा नराम्रो पनी होइन तर कुनै एउटा ब्यक्तिको नाममा गरिने अन्धभक्त सर्मथन पनी राम्रो होइन यद्दपी कुलमानको पक्षको समर्थन अन्धभक्त भएर नहुन पनी सक्छ , आज कुलमान ब्यक्ती नभएर प्रबृति बनेको छ ।


साच्चिकै रुपान्तरणको कुरा गर्दा कुलमान घिसिङलाइ बर्हिगमण गरिन्छ , बिप्लवलाई आफ्नै सहयात्री द्धारा प्रतिबन्ध लगाइन्छ ,गोबिन्द केसीहरुलाई मतलब गरिदैन अरबौ भष्ट्राचारीहरुको संरक्षण गरिन्छ ,हजार घुस खानेलाई प्रक्राउ गरिन्छ , बालुवातार कब्जा हुन्छ , पानीको ट्याङ्कीमा पैसा लुकाउनेहरु राज्यको मुल नेतृत्वमा पुग्छन् , राम्रो काम गरेका गोकर्ण बिष्ट आउट हुन्छन् , राष्ट्रिय स्वाधिनतालाई ध्यानमा राखिदैन , होली वाइनको नाममा साम्रराज्यबादका अगाडि लम्पसार परिन्छ । अनाबश्यक मन्त्री र सांसदहरु थपिन्छ तर बिधालयको दरबन्दी कटौटी गरिन्छ , नेता र मन्त्रीहरुको निबास बनाइन्छ गाउमा झुपडिको ब्यर्था भुल्छन् , भत्किएको स्कुलको छानो फेरीदैन , यि सबै समाधानको लगाी कहाँ चाहिएको छैन् कुलमान प्रबृति प्रधानमन्त्री देखी राष्ट्रपति सम्म पाले देखी हाकिम सम्म जताततै कुलमान प्रबृतिको खाँचो छ , हरेक निकायमा राजनितिक नियुक्तीले बबार्द भएको संरचना बनाउन “कुलमान पात्र होइन प्रबृति खोजौ ” त्रिभुबन बिश्वबिधालयको गोल्डमेडल बेच्ने , देखी सडकमा चिया बेच्नेहरुमा कुलमान प्रबुति खोजौ , बडाका सदस्य .देखी माननिय सदस्य सम्म कुलमान प्रबृत्ति खोजौ जनता सचेत बनौ , हामी पात्र भन्दा प्रबृतिको निम्ति एकजुत बनौ ।


लेखक ईन्द्रमणि पाण्डे अखिल (छैटौँ) का केन्द्रिय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार