पोखरामा पर्यटक प्रहरी र पत्रकार गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को संवाददाता : राजन साउद  177 पटक हेरिएको

 

३१ भाद्र, पोखरा ।
पोखरामा पर्यटक प्रहरी र पत्रकारसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बुधबार बिहान १०ः३० बजे प्रेस विज्ञप्ती जारी गर्दै पर्यटक प्रहरी र पत्रकारसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमित हुनेमा पोखरा ६ का २ पर्यटक प्रहरी र पोखरा ४ बस्ने एक पत्रकार रहेका छन् ।

त्यसैगरी पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तनहुँ शुक्लागण्डकी १० का २८ वर्षीय पुरुष तथा ह्याम्स अस्पताल काठमाण्डौमा उपचाररत नवलपुर कावासोती १ का ३८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनलयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार