नेपालमा ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

  झझल्को सम्वाददाता  464 पटक हेरिएको

भदौ ३१ ,काठमाण्डौं ।
बुधबार बिहानै नेपालमा भूकम्पको ठुलो धक्का महसुस भएको छ।

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहान ५ः१९ मा ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए ।

भूकम्पबाट के-कति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार