३० भाद्र, काठमाडौं ।
सरकारले असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधनहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि नै लामो दुरीका यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
साथै, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि बताए ।
यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी साधनलाई विशेष सतर्कता अपनाउदैँ सञ्चालनमा ल्याउन लागेको हो ।