नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुग्यो

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

  झझल्को संवाददाता : राजन साउद  144 पटक हेरिएको

३० भाद्र, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३७१ पुगेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै होम आइसोलेसनमा ७ हजार ६४० छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्।

यस्तै क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्।

आज थप १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको थियो।

२४ घण्टामा एक हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ।

मन्त्रालयका अनुसार १७४ जनाको आइसीयूमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार