राष्ट्रिय झन्डा जलाइएको गीतका गायक ग्याल्जेन दोर्जे जेल चलान

  झझल्को सम्वाददाता  42 पटक हेरिएको

२९ भदौ, काठमाडौं ।
नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि लागि थुनामा पठाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनिहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो ।

‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो ।

युट्युवमा हालेलगत्तै गीतमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सबैले गीतमाथि तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए ।

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापर मंगोल ग्याल्ज ली एन्ड एटीएमले लेखेका थिए । गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको थियो ।

भदौ १ गते युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक विरोध भएपछि प्रहरीले गीतको गायनदेखि छायाङ्कनमा संलग्नलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १५१ को कसुर गरेको अभियोगमा मुद्दा चलाएको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार