जग्गा कित्ताकाट खोल्ने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  झझल्को सम्वाददाता  70 पटक हेरिएको

२९ भाद्र,काठमाडौँ ।
सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको भदौ १८ गतेको निर्णयानुसार कृषियोग्य जमिनको समेत खण्डीकरण गरी कित्ताकाट गर्ने निर्णयविरुद्ध दायर भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको इजलाशको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

यसअघि तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २६ साउन २०७४ मा जग्गाको खण्डीकरण (कित्ताकाट)मा रोक लगाउने भनेर निर्णय गरेको थियो ।

तर, मन्त्रालयले यसअघि रोक्का गरिएको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार