डा. गोबिन्द केसीले जुम्लामा सुरु गरे १९ औं सत्याग्रह

  झझल्को सम्वाददाता  459 पटक हेरिएको

file photo

२९ भाद्र, जुम्ला ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीले जुम्लामा अनशन बसेका छन् । उनले सोमबार जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा ६ बुदे माग राख्दैँ १९ औं सत्याग्रह सुरु भएको हो ।

उनले कोरोना महामारीबिच थालेको १९ औँ अनसनमा विभिन्न ६ बुँदे माग सहित अनशन बसेका छन् ।

नेपालीहरुको नि शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनका मागहरु रहेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् ।

पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।

यसअघिको १६ औं सत्याग्रह पनि उनले जुम्लामा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार