अछाममा हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ

  झझल्को सम्वाददाता  84 पटक हेरिएको

२९,भाद्र, अछाम ।
आजभन्दा १० वर्षअघि एक व्यक्तिको हत्या गरि फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् ।

फरार अभियुक्त गुमानसिंह थापालाई भदौं २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

२०६७ साल असोज ५ गते जिल्लाको (साविक सिउडी गाविस वडा नम्वर ८) चौरपाटी गाउँपालिका १ का सुरेश थापा लगायतका ५ जनाले स्थानीय चित्र थापाको हत्या गरेका थिए ।

सोही क्रममा ४ जनालाई तत्काल पक्राउ गरिएको थियो भने उनि फरार रहेका थिए ।

उनले जिल्ला अदालत अछामको २०७३ साल असार ५ गतेको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तानी गर्नुपर्ने थियो ।

उनलाई अदालतमा पेश गरि हिजो नै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकृत प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार