२१ भाद्र,कास्की ।
प्रतिबन्धीत नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य शहिद पुत्र प्रकाश बास्तोला सहित ३ जनालाई जिल्ला अदालत कास्कीले आज आईतबार धरौटीमा रिहा गरेको छ ।
रिहा हुनेमा जनयुद्धकालीन शहिद विजयराज बास्तोलाका छोरा एबम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रकाश बास्तोला, तीर्थ लुइंटेल र बीरबहादुर सुर्यबंशी रहेका छन्।
जिल्ला अदालत कास्कीले आईतबार प्रकाश बास्तोलासंग रु ५० हजार, वीर बहादुर सुर्यबशीलाई ४० हजार र तिर्थ बुढाथोकी लाई ३० हजार धरौटी माग गरेको थियो।
उनेहरुले अदालतले तोकेको धरौटी रकम बुझाएर आजै रिहा भएका छन् ।
उनीहरुलाई गएको साउन २५ गते प्रहरीले पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको थियो र प्रहरीले उनीहरुविरुद्ध चन्दा ऐन र राज्य विरुद्धको कसुर सम्बन्धी मुद्दा चलाएको थियो।