दमक । भारतीय सेनाको सिपाही पदमा कार्यरत अर्जुन पाण्डे शनिबार मृत फेला परेका छन् । झापाको मेचीनगर–४ जोगीडाँडा बस्ने ३५ वर्षीय अर्जुन शुक्रबार साँझ गाउँ घुम्न निस्किएका थिए ।
बेलुका घर नफर्किएपछि खोजी गर्ने क्रममा शनिबार बिहान घरदेखी ५० मिटर पर दिपेश कार्कीको ट्वाइलेट पछाडी उनी मृत भटिएका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी बाहुनडाँगीले बताएको छ ।