समाजवाद र यसका आधारहरु !

  विशाल तिमिल्सिना  1388 पटक हेरिएको

नेपालको संविधान २०७२ को भाग १को धारा ४ मा नेपाल एक समाजवाद उन्मुख राज्य हो भन्ने उल्लेख छ , तर संविधानले परिकल्पना गरेको समाजवाद को ब्याख्यामा समानता छैन । राजनीतिक दल र नेता पिच्छेकै बुझाइ फरक छ संसारमा समाजवादको एउटै मोडेल नहुनुको कारणले पनि यस्तो भएको हुनसक्छ ।विश्वमा विशेषतः कम्युनिस्ट , प्रजातान्त्रिक र उदार समाजवाद बारे अनेकन बहस जारी रहँदा नेपलले संविधानमा स्विकारेको समाजवाद चाहिँ कुन हो ? र यसले के दिन्छ भन्ने आम नागरिकको प्रश्न छ ।

तर उत्तर न सरकारले दिएको छ न त राजनीतिक बिश्लेषकहरू बाट नै चित्तबुझ्दो आएको छ संविधानले परिकल्पना गरेको प्रस्तानबिन्दु , दलहरूले राजनीतिक लाभको लागि दिएको नारा र नागरिकले खोजेको समाजवाद एउटै हो कि फरक भन्ने छुट्टयाइएको छैन ।

यतिबेला नेपाली राजनीतिक बृत्तमा सबैभन्दा बढी बहस भएको बिषय हो समाजवाद तर समाजवाद के हो ? यसका बिशेषता के के हुन् ? समाजवाद को फाइदा र बेफाइदा के के हुन् ? यो बिषयमा प्राय आम नागरिक अनबिज्ञ छन् जब संविधानमा नै मुलुक समाजवाद उन्मुख भनेर उल्लेख गरिएको छ भने यता सत्तारूढ नेकपाले पनि मुलुक समाजवादको दिशामा अघि बढिरहेको दावी समेत गरेको छ तर मुलुकको ब्यबस्था र आर्थिक अबस्था हेर्दा मुलुकको ब्यबस्था दलाल पुँजीवादी भएको प्रष्ट देखिन्छ ।

आखिर के हो त समाजवाद ?
समाजवाद भनेको एउटा यस्तो व्यवस्था हो जहाँ देशको सम्पूर्ण स्वामित्व सरकारमा निहित हुन्छ र देशमा भएको सम्पूर्ण स्रोत साधनमा सबै नागरिकको समान पहुँच हुन्छ र समाजवाद एउटा आदर्श , आर्थिक र राजनीतिक प्रणाली पनि हो जहाँ सबै प्रकारका उत्पादनका साधन राज्य द्वारा नियन्त्रीत हुन्छन् र सबै नागरिकलाई न्यायपुर्ण ढंगले बितरण गरिन्छ । समाजवादी राज्य प्रणालीमा ब्यक्तिगत सम्पत्तिको कुनै महत्व हुँदैन तर सार्वजनिक सम्पत्तिको सुरक्षा , प्रवर्द्धन र बिकास गर्नु हरेक नागरिकको कर्तव्य हुन्छ । समाजवादी नितिमा ब्यक्तिगत सम्पत्तिको नियन्त्रण र बितरण सामाजिक नियन्त्रणको माध्यमबाट गरिन्छ अर्को अर्थमा समाजवाद भनेको राज्यका नागरिकका आधारभुत आबश्यकता जस्तै गाँस , बाँस , कपास ,शिक्षा, स्वास्थ्य , रोजगारी , सुरक्षा आदी समान ढंगले बितरण गरिने र प्रत्याभूत गराइने राजनीतिक तथा आर्थीक प्रणाली हो ।

समाजवादका सकारात्मक पक्षहरू के के हुन् ?

१. भेदभाव रहित राजनीतिक तथा आर्थीक प्रणाली
२. समानता र न्यायपुर्ण प्रणाली
३. सहभागीतामुलक र सहकार्यको भावना
४. गरिविको अन्त्य
५. उत्पादनको साधनमा समान बितरण
६. राष्ट्रिय पुँजीको बिकास
७. राज्यबाट आधारभुत कुराको सुनिश्चितता
८. प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग

समाजवादका नकारात्मक पक्षहरू के के हुन् ?

१. व्यक्तिगत सम्पत्तिको नियन्त्रण प्रणाली
२. पुँजीको बिकास लाइ महत्त्व नदिनु
३. निजी उद्योग र कम्पनी निर्माणमा रोक
४. नाफालाइ महत्त्व नदिनु
५. बजार नियन्त्रणमा रोक
६. मानवअधिकार मा कटौती

समाजवाद स्थापनाको प्रक्रिया

पुँजीवादको उच्चतम प्रयोगपछि समाजवाद आउने एकखालेको तर्फ छ भन् त्यस्तै प्रक्रियामा नभइ क्रान्तिको माध्यमबाट जनसत्ता स्थापित गरेको अबस्था नै समाजवाद भएको तर्क गर्नेहरू छन् यसरी समाजवाद बारे व्यापक बहस भैरहेको छ ।

चिन , क्युवा , लाभोस र भियतनाम मा समाजवादी निति लागू भएको भनिन्छ त्यस्तै कतिपयले उत्तर कोरीया लाई पनि समाजवाद तिर उठेको भन्ने गरेका छन् तर समाजवाद नै स्थापित भएको देश खोज्न भने कठिन छ ।

समाजवादका तीन आधार

राजनीति :-
राजनीतिमा समाज हाबी भएको ब्यबस्था नै समाजवाद हो ब्यक्ति , पार्टी , गुट र साशक हरू हाबी हुनु भनेको समाजवाद को बिपरित अर्थ हो ।

अर्थतन्त्र :-
अर्थतन्त्रको क्षेत्रमा चाहिँ ब्यक्तिगत सम्पत्ति उन्मुलन हुँदै गएको समाज हुनुपर्ने , ब्यक्तिगत सम्पत्ति समाज माथि हाबी भएको हैन कि उन्मुलन हुँदै जाने र सामुहिक सम्पत्ति रूपान्तरित हुँदै जाने

संस्कृति :-
साँस्कृतिक क्षेत्रमा हरेक समुदाय , जात , धर्म र संस्कृति मा सबै नागरिकको भाइचारा सम्बन्ध , समता र समानताको स्थिति देखिन्छ ।
यी तीन वटा आधार स्थापित भएको समाजलाई नै हामी समाजवाद भन्छौँ र सारमा समाजवाद भनेको समता सहितको समानता भनेको नै समाजवाद हो

(लेखक विशाल तिमिल्सिना समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन् )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार