अछाममा बाढि : नेकपा अछामद्वारा दु:ख व्यक्त गर्दै बाढी ग्रस्त क्षेत्रको उद्दारमा जुट्न पार्तिपङ्तिलाई निर्देशन

  झझल्को न्युज डेस्क  114 पटक हेरिएको


३ भाद्र, अछाम ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछाम ले गएराती आएको अविरल वर्षाका कारण जिल्लाको रामारोशन गाउँपालिकामा आएको बाढी को घटना प्रती दु:ख ब्यक्त गरेको छ ।
नेकपा अछामले बाढी ग्रस्त क्षेत्रमा उद्दारमा जुटन आफ्ना सम्पुर्ण नेता कार्यकर्ताहरु लाई निर्देशन गरेको छ । साथै नेकपा अछामले आमजनताहरु का हरेक दु:ख सुखमा पार्टी सङ्गै रहेको बताएको छ ।
प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा अछामका इन्चार्ज नवीन र सचिब आखिरले बुधबार सयुक्तरुपमा हस्तान्तरण गरि आएको बाढिका कारण घटेको घटना मा ज्यान गुमाउने प्रती दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै बाढीमा बेपत्ता भएकाहरुको यथाशीघ्र खोजी गर्न , घाईतेहरुको निशुल्क उपचार गर्न , ज्यान गुमाउनेहरुका परिवारहरु र धनमाल क्षती भएका जनताहरु लाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न हाम्रो पार्टी राज्य सङ्ग जोडदार माग गर्दछ। बाढी पहिरोको जोखिममा रहेका सम्भावित बस्तिहरुको अध्ययन गरि बसाइँका लागी उपयुक्त स्थानहरुमा बस्तिहरु बसाउन पनि राज्य सङ्ग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार