डोनल्ड ट्रम्पका भाइको नि’धन

  एजेन्सी  240 पटक हेरिएको

एजेन्सी :
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको नि’धन भएको छ ।

७१ वर्षका उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो ।

डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृ’त्युको कारण भने खुलाइएको छैन ।

‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी मनसहित सुनाउँदैछु,’ ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भने । ‘उनी मेरा भाइमात्रै थिएनन्, उनी मेरा मिल्ने साथी थिए, उसलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहनेछ । रोबर्ट म तिमीलाई माया गर्छु ।’

ट्रम्प रोबर्टको अन्तिम संस्कारमा सरिक हुने अनुमान गरिएको छ ।

ट्रम्प दाजुभाइमध्ये सबैभन्दा कान्छो रोबर्ट ७४ वर्षे राष्ट्रपतिसँग निकै नजिक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार