पोखरा महानगरका मेयर जिसिलाई विद्यार्थी नेता तिमिल्सिनाको खुल्लापत्र

  विशाल तिमिल्सिना  666 पटक हेरिएको

प्रिय मेयर साब,
पोखरा महानगरपालीका, कास्की
आज पनि म निर्वाचनका ति दिनहरू सम्झन्छु जतिबेला सिङ्गो महानगरबासी लाइ गरेका बाचाहरू, अनि भोट माग्दै जनताको घरघरमा सुर्य अंकित झण्डा फहराउँदै त्यो तामझाम, बाजागाजा, फुलमाला सहित आफ्ना घोषणा पत्र सहितका प्रतिबद्धताहरू ।

त्यतिबेला म पनि निर्वाचनमै ब्यस्त थिए म हिँड्थे केबल सामान्य एउटा मोटरसाइकलमा पार्टीको झण्डा सहित आफ्ना घोषणापत्र बोकेर उता मान बहादुर जिसि हिँड्थे ठुलै हुलहुज्जत सहित सुरक्षा फौज बोकेर अनि म सोच्न बाध्य हुन्थेँ जब जनतासँग आफ्ना बिचार र भावना राख्न किन चाहियो सुरक्षा फौज ? निर्वाचन नजित्दै त यस्तो तामझाम छ यदि निर्वाचन नै जितेपछि झन् कस्तो होला ? भिडमा रमाउने बानी परेको हाम्रो समाज सत्य र भ्रम छुट्टयाउन सक्दैन ? आबेगमा बगेको हाम्रो समाज न्याय र अन्याय छुट्याउन सक्दैन ? लहडमा बगेको युवा जमातले पहिचान सहितको अधिकार खोज्न सक्दैन ।

त्यसैले होला त्यो तामझाम सहितको भिडभित्र अनि हाम्रो समाजको गलत मानसिकता भित्र अनायास मेरा बिचार र एजेन्डा हरू गुमनाम बन्न पुग्यो १ मलाई त्यहि दिन लाग्यो यो भिडमा न्याय हराउँछ अन्याय उदाउँछ ,सत्य हराउँछ भ्रम र भय मौलाउँछ ।

तर आज म तिनै मानबहादुर जिसिका घोषणापत्रहरू सर्सती स्मरण गर्न र गराउन चाहान्छु र के के पूरा भए भनेर प्रश्न गर्न चाहान्छु ।

१) सुखी नेपाली समृद्ध महानगरको परिकल्पना कहाँ पुग्यो ?
२) शिक्षा , स्वास्थ , खेलकुद र मनोरञ्जन सहितको केन्द्र बनाउने सपना आज शैक्षिक माफियाको रक्षक नै किन महानगर बन्यो ?
३) भ्रष्टाचार मुक्त राजनितिक शासन , शुशासनका निम्ति जनउत्तरदायी महानगरिय प्रशासन बनाउने प्रतिबद्धता आज किन त्यहि महागर भित्र डोकोमा तरकारी र ठेलामा चटपट बेच्नेले रगत र पसिना बगाएर तिरेको कर माथि १३ करोड अनियमितता कसरी भयो ?
४) स्मार्ट सिटिको त्यो परिकल्पना कहाँसम्म पुग्यो मेयर साब ?
५) शिक्षा र स्वास्थ निशुल्क बनाउने प्रतिबद्धता आज आफ्नै कार्यकर्ता पाल्नका लागि किन भर्तिकेन्द्र बनाइदैँ छ ?

यी यावत् प्रश्नहरू एउटा पार्टीको नेता वा कार्यकर्ता भन्दा माथि उठेर त्यहि महानगर भित्र रहने एउटा सामान्य नागरिकको हैसियत ले राख्न चाहान्छु र मेयर साव को उत्तरको प्रतिक्षामा रहन्छु ।
र यि बिषय हरूलाइ केन्द्रमा राख्दै केही समय अगाडि पोखरा महानगरपालिकाले बहुप्राबिधिक शिक्षालयको निर्देशकको आबश्यकता भनेर सुचना प्रकाशित गरेको छ उक्त सुचनामा संचालन समितिको निर्णय अनुसार १ जनाको लागि दरबन्दी खुलाएको छ तर योग्यतामा मान्यता प्राप्त शैक्षिक संस्थाबाट बिज्ञान वा इन्जिनियरिङ बिषयमा स्ताकोत्तर हुनुपर्ने र यो योग्यता लाई नै महानगरले नगरसभा बाट पारित गरेर राजपत्रमा समाबेश गरेको एेन ले नै चिन्दैन । गण्डकी बहुप्राबिधिक शिक्षालय ऐेन २०७६ को दफा १० ले निर्देशक नियुक्ति ब्यबस्था गरेको छ ।

तर निर्देशक नियुक्ति बारे ५ वटा उपदफामा ब्याख्या गरियतापनि शैक्षिक योग्यता का भन्दा अन्य योग्यताका बारेमा कुनै उल्लेख गरिएको छैन । देशमा कोरोना भाईरसको महामारी हुँदा आफ्नो कार्यकर्ता पोस्न भनेर ग्रामीण भेगका आबेदक ले आवेदन नै नदिउन् भनेर छोटो समयमा नै बिज्ञापन खुलाइएको मात्रै हैन अनलाइन फारम समेत खुलाइएको छैन । आफ्ना कार्यकर्ता र आफन्त भर्ना गर्न स्वयम् मेयर नै अग्रसर भएपछि र आफ्नै स्वकिय सचिवलाइ राजिनामा दिन लगाएर गण्डकी बहुप्रबिधिक शिक्षालयको निर्देशक बनाउन रचिएको प्रपन्च अहिले झर्लङ्ग भएको छ र यसको उत्तर हरेक सचेत नागरिकले माग्नु पर्छ ।

लेखक विशाल तिमिल्सिना समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार