धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

  झझल्को न्युज डेस्क  190 पटक हेरिएको

३१ साउन, काठमाण्डौ ।
भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।

यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी २० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन्।

भारतीय क्रिकेट टिमका सफल कप्तान धोनीले भारतलाई सन् २००७ को टी(२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउदा नेतृत्व गरेका थिए। उनले टेस्टमा पनि भारतलाई उत्कृष्ट टिम बनाएका थिए।

सन् २००४ डिसेम्बरमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९० टी २० अन्तर्राष्ट्रिय खेल खेले।

त्यसक्रममा उनले टेस्टमा ४८ सय रन, एकदिवसीयमा १० हजार रन र टी(२० मा १६ सय रन कटाए। उनले टेस्टमा ६ शतक र एकदिवसीय खेलमा १० शतक प्रहार गरे।

विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश थिएनन् भने उनले बिसिसिआईसँगको सम्झौता पनि गुमाएका थिए। जसका कारण उनको करिअर संकटमा परेको थियो।

उनले पछिल्लो एकदिवसीय खेल २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।

विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार