गिरफ्तार नेता बोहरालाई तत्काल रिहा गर्न नेकपा डोटीको माग (विज्ञप्तिसहित)

  झझल्को सम्वाददाता  225 पटक हेरिएको

३० साउन,काठमाडौं ।
बिद्रोही नेपाल कम्युनिष्ट डोटीले बिना कारण गिरफ्तार गरिएका आफ्ना जिल्ला नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।

शुक्रबार नेकपा डोटीका जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी कालु पाण्डेले एक बिज्ञप्ति जारी गर्दै विपिनगरबाट गिरफ्तार गरिएको कृष्ण बहादुर बोहरालाई बिनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् ।

सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीबाट उपचार गरी फर्किने क्रममा नेकपा जिल्ला कमिटी सदस्य कृष्ण बहादुर बोहरालाई बड्डिकेदार गाउँपलिकाको विपिनगरबाट बिनाकारण गिरफ्तार गरी झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ मिति २०७७।०४।२९ गतेका दिन धनगढी बाट उपचार गरि फर्किने क्रममा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य कमरेड कृष्ण ब. बोहरा लाई बड्डिकेदार गाउँपलिकाको विपिनगर बाट दलाल सत्ताका मतियारहरुले बिनाकारण गिरफ्तार गरि झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्र गरेको घृणित हर्कत प्रती घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं।

साथैँ यस डोटी जिल्लामा भैरहेको भ्रष्टाचार, कमिशन र दलालीको भन्डाफोर गर्दै यस्ता कुकार्य र जनविरोधी गतिविधिका विरुद्धमा हाम्रो पार्टी संघर्ष गर्दै आईरहेको हुँदा विगत केही समय यता गाउँघर रहेका फटाहहरु र भ्रष्ट जनप्रतिनिधिहरुको योजनामा प्रहरी प्रशासन र सिआईडी(सुराकीहरुले हाम्रो पार्टीका नेताकार्यकर्ताहरुको घरमा खानतलासी गर्ने, पार्टी शुभचिन्तकहरु लाई धम्काउने गतिविधि गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।

यस्ता अमानवीय र मानवअधिकार विरोधी हर्कत तत्काल रोक्न संबंधित सबै लाई सचेत गराउदछौ। अन्यथा पार्टीको आवश्यक जनकारबाहीको सामना गर्न तयार हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार