लगातार उकालो लागेको सुनको भाउ एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँ घट्यो

  झझल्को न्युज डेस्क  1981 पटक हेरिएको

२८ साउन, काठमाडौँ ।
लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ ।

मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको महासंघले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार