बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर १४ वर्षीय बालिका गम्भिर घाईते

  झझल्को सम्वाददाता  307 पटक हेरिएको

photo ; dineshkhabar

२६ साउन,डोटी ।
डोटीमा बाँदर धपाउन पड्काईएको अवैध बन्दुकको छर्रा लागेर एक बालिका घाईते भएकी छिन्।

जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ३ दल्लकी १४ वर्षीय जानकी ऐर घाइते भएकी हुन्।

आईतबार बारीमा बाँदर आएपछि स्थानीय शेरबहादुर ऐरले भरुवा बन्दुक पड्काएका थिए।

सोही क्रममा बारीमै घाँस काटिरहेकी जानकीलाई छर्रा लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनलाई आईतबार नै उपचारका लागि दिपायलस्थित शैलेश्वरि अस्पताल ल्याईएको थियो।

डोटीमा उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उनको उपचार भईरहेको छ।

घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रदेव बताएका छन् ।

उपरिक्षक ईन्द्रदेव मल्लका अनुसार घटनापछि अवैध वन्दुक राखेर पड्काउने शेरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार