आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को सम्वाददाता  191 पटक हेरिएको

२६ साउन,काठमाडौँ ।
नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

यसै गरी पछिल्लो २४ घण्टामा १ सय ४० जना निको भइ घर फर्किएका छन् । भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ।‍

भने १६ हजार ४ सय ९३ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार