२५ साउन, पोखरा ।
प्रतिबन्धीत नेत्र विक्रम चन्द (वि’प्लव) ने.क.पा. निकट अखिल (क्रान्ति’कारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जनालाई प्रहरीले गिर’फ्तार गरेको छ ।
उनीहरुलाई आज दिउँसो पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट कास्की प्रहरीले प’क्राउ गरेको सुचना प्राप्त भएको हो ।
पार्टीको जिल्ला कमिटि सदस्य समेत रहेका बास्तोला र तीर्थ बुढाथोकी नाम गरेका अर्का एक जना कार्यकर्तालाई प्रहरीले प’क्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार सहिद पुत्र प्रकाश बास्तोला उपचार गर्ने क्रममा कास्की प्रहरीले गिर’फ्तार गरेको जनाए ।
यसैबीच, बिद्रोही ने.क.पा. समर्थित जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष रमाकान्त बास्तोला ‘रमेश’ले आज दिउसो नै आफ्नो फेसबुक स्टाटसमार्फत ‘विद्यार्थीका केन्द्रीय सदस्य एबम जनयुद्धकालीन श’हीद विजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोलालाई उपचारका क्रममा अस्पताल गएको बेला प्रहरीले गिर’फ्तार गरेको ‘ जानकारी दिएका छन्।
गतवर्ष जेठ २५ गते कास्कीको घान्द्रुकमा आयोजित बिद्यार्थीहरुको संयुक्त भेलाबाट २० जना नेता तथा कार्यकर्ताहरु गिर’फ्तार हुँदा बास्तोला पनि गिर’फ्तार भएका थिए।
उनलाई पछी उच्च अदालत पोखराले निर्दोष भन्दै रिहा गर्न आदेश दिएपछि प्रहरीले बाध्य भएर रिहा गरेको थियो।