पोखराका कोरोना संक्रमित ६२ वर्षीय पुरुषको उपचारका क्रममा मृ’त्यु

  झझल्को संवाददाता : राजन साउद  136 पटक हेरिएको

२५ साउन,पोखरा ।
पोखरामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमित एक पुरुषको मृ’त्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको मृ’त्यु भएको हो ।

मधुमेहका रोगीसमते रहेका उनको गएराति ११ः३५ बजे मृ’त्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए ।

आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार त्यस अस्पतालमा कोभिडबाट मृ’त्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्या’न गुमौनेको संख्या ५ पुगेको छ ।

यस अघि प्रतिष्ठानको कोभिड (१९ उपचार केन्द्रमा स्याङजाका २ पुरुषको पनि उपचारकै क्रममा नि’धन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार